काठमाडौं । भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर आएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधीमा ६३० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६६ हजार १७७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतका विभिन्न क्षेत्रमा सरकारले भीडभाड हुन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पुनः लागु गर्न सुरु गरेको छ ।