काठमाडाैं । उपन्यासमा अाधारित नेपाली चलचित्र ‘समर लभ’ को पहिलो गीत सार्वजनिक भएको छ ।
लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ कै कथामा निर्माण गरिएकाे चलचित्रकाे पहिलाे गित ‘साया’ साेमबार युटुवमार्फत सार्वजनिक गरिएकाे हाे ।
‘साया’ उपन्यास तथा चलचित्रकी एक पात्र हुन् । त्यही पात्रकै नामको गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीको अभिनयलाई देख्न सकिन्छ ।
पुष्पन प्रधानको संगीत रहेकाे गीतमा पुष्पन र बानिका प्रधानकाे स्वर रहेकाे छ ।
यो गीतलाई कविराज गहतराजको कोरियोग्राफ गरेका छन् ।
माघ २५ गते प्रदर्शनमा अाउन लागेकाे चलचित्रकाे गीतलार्इ दर्शक स्राेताले निकै मन पराउने अाशा गरिएकाे छ ।