काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।
गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेलेको थियो । त्यसयता नेपालले अन्तराष्ट्रिय खेल खेलेको छैन ।नेपालले बंगलादेशलाई हराएर उपाधि जितेको थियो ।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।