काठमाडौं । नेपालमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजको उद्घाटन खेलमा आयोजक नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ ।
दुई टोली बीचको खेल दिउँसो सँवा १ बजेबाट सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । तर, नेपाली टिममा पूर्व कप्तान पारस खड्का हुने छैनन । चोटका कारण पारस सिरिज बाहिर रहेका छन् ।
नेदरल्याड्स पिटर सीलारको कप्तानीमा मैदान उत्रने । बलियो टिम नेदरल्यान्ड्स नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।