स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २–० ले स्तब्ध बनेको छ ।घरेलु मैदानमा एट्लेटिकोलाई स्तब्ध पार्न लेभान्टेका जोस लुइस मोरालेस र जर्ग डि फ्रुटोसले गोल गरे । वान्डा मेट्रोपोलिटानोमा लेभान्टेले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए ।
खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जर्ग डि फ्रुटोसले गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।
यो हारसँगै एट्लेटिकोले शीर्षस्थानमा थप बलियो अग्रता लिने मौका गुमाएको छ । एट्ल्टिको २३ खेलबाट ५५ अंक रहेको छ । एक खेल बढी खेलेर ५२ अंक जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । लेभोन्टे ३१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।