काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ ।अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुने छन् । जसमा १ सय २५ विदेशी खेलाडी रहेका छन् ।
अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्नेछन् । यस पटकको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । तर, अन्तिम छनोटमा सन्दीप मात्र अटाएका हुन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।
तर, दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।