एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्प्टनलाई म्यानचेस्टर युनाइटेडले ९–० गोल अन्तरले हराएको छ । उसले आफ्नै कीर्तिमान बराबरी गर्ने क्रममा ९ खेलाडीमा सिमित साउथ ह्याम्प्टन माथि शानदार जीत निकालेको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमै साउथह्याम्प्टनका अलेक जान्द्रे जान्केवीचले रातो कार्ड पाउँदै मैदान बाहिर गए । खेलको ८६ औँ मिनेटमा बेड्नारिक रातो कार्ड पाएर मैदानबाट बाहिरिए पछि ९ खेलाडीमा झर्यो ।
पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप पाँच गोल गरेको हो । यो जितपछि युनाइटेडले २२ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको पनि समान अंक छ ।
तर गोलअन्तरमा युनाइटेडले सिटीलाई पछि पार्न सकेन। लिगमा लगातार चोथो हार ब्यहोरेको साउथह्याम्प्टन भने २१ खेलबाट २९ अंकसहित १२ औं स्थानमा छ ।