काठमाडौं । लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लिभरपुल ३–० ले विजयी भएको हो ।
लेष्टरविरुद्धको खेलमा लिभरपुलका लागि डिएगो योटा र रोबर्टो फर्मिनोले एक एक गोल गरका हुन् । लेष्टरका जोनी इभान्सले एक आत्माघाति गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा लिड्स युनाइटेडले आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ ।
यसैगरी वेष्ट ह्याम युनाईटेडले शेफिल्ड युनाईटेडलाई १–० ले हराउँदा एभर्टनले फुल्हममाथि ३–२ को जित निकालेको छ । फुल्हमको मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन डोमिनक काल्भर्ट लेविनले दुई तथा डोकोरेले एक गोल गरे ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २० अंक जोडेको टोटनह्याम हट्सपर शिर्ष स्थानमा रहँदा समान २० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो र चौथो स्थानमा रहेका चेल्सी र लेष्टर सिटीको समान १८–१८ अंक छ