एजेन्सी । टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । गएराति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो ।
सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेनहमले खेलमा बाजी मार्यो । सन ह्युङ मिन वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोल गरे ।
टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो । टोटेनहमले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । पराजित सिटी तालिकाको १० औं स्थानमा छ ।
गएरातिनै भएको अघिल्लो खेलमा न्युक्यासललाई हराउँदै चेल्सी केही घण्टा लिगको शीर्ष स्थानमा उक्लिएको थियो । लेस्टरलाई आज राति एनफिल्डमा लिभरपुलविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा उक्लिने मौका रहेको छ । अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २—१ ले हराएको छ ।