काठमाडौं । सरकारले हालसम्म कोरोनाविरुद्धको खोप उपलब्ध गराउने देशहरूलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि मित्रराष्ट्र र दातृनिकायलाई आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप दिने सबै देशलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि अन्य देश र दातृनिकायलाई आह्वान गरिएको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीले भने ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ । साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रहरुलाई आह्वान गर्दछ ।’