काठमाडौं । आज देशका विभिन्न नदीमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली, पश्चिम राप्ती, तिनाउ नदीका सहायक नदी तथा नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव बढ्ने अनुमान छ ।
केहीमा आकस्मिक बहाव भइ सतर्कता आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । आजदेखि देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने अनुमान छ ।