काठमाण्डौ । अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् । भारतबाट ल्याउँदै गरेको अवैध ३० केजी सुर्तीसहित २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।