काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले डीनसहित १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलो पटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिनु भयो ।
सिंहका अनुसार व्यवस्थापन संकायको डीनमा प्रा.डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् ।
त्यस्तै योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा. डा. चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा.डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. सुधन झा नियुक्त भएको उपकुलपती सिंहले बताउनु भयो ।
यस्तै, विश्वविद्यालयले ९ वटा आंगिक क्याम्पसमा पनि क्याम्पस प्रमुखहरु नियुक्त गरेको छ ।