काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर मेघ गर्जन, हावाहुरी तथा असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ ।
हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा बदली रहेको छ । भोलि पनि पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित क्षणिक वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।