शुक्रबार बिहान साढे ३ बजे शम्भुनाथ नगरपालिका–३ स्थित पूर्वपश्चिम लोकमार्गमा बसले एम्बुलेन्सलाई ठक्कर दिएको हो।
पूर्व जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको हो।
ठक्करबाट सिरहा सुखिपुरका औषधी व्यवसायी अन्दाजी ४५÷५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनी एम्बुलेन्स चालक हुन्। उहाका अनुसार कमातको घटनास्थलमै मृत्यु भएको हो।
मृतकको शव पोष्टमार्टमको लागि रा.उ.स्मारक अस्पताल लहान लगिएको डिएसपी काफ्लेले जानकारि दिनुभयो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक अहिले फरार रहेका छन्। उनको खोजी गरिरहेको कार्यालयले जनाएको छ।