ललितपुरको एकान्तकुनामा आज बिहान जिपको ठक्करबाट १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार स १ ज ५६७ नम्बर को जिपले ठक्कर दिएको हो ।
सिन्धुपाल्चोक घर भएकी दाहाल जिपको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।
घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् ।
गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।