कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाइन क्षेत्र धुलैधुलो भएपछि स्थानीय वासिन्दाले सढक अवरुद्ध पारेर आन्दोलन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा आज विहानदेखि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ ।
सडक निर्माणका क्रममा धुलो उडेर व्यवसाय सञ्चालन गर्न समस्या भएपछि बाध्य भएर बाटो बन्द गरेको स्थानीय व्यवसायी भुवन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा एक वर्षयता नयाँ सडक बनाउन भएको सडक पनि भत्काइएको छ ।
जनप्रतिनिधिले गर्छु–गर्छु भनेर काम समयमा पूरा नगरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको अर्का व्यसायी कुमार श्रेष्ठले बताउनुभयो ।