बैतडीको एक विद्यालयमा पढ्न गएका छात्राहरु दिनदिनै बेहोस हुनथालेपछि ‘छाउ’(महिनावारी) भएको बेला विद्यालय जाने गरेकोको भन्दै अभिभाव र शिक्षकले क्षमापूजागर्ने तयारी गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१०, रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यायमै बेहोस् हुन थालेको विद्यायले जानकारी दिएको छ ।
छात्राहरु बेहास हुन थाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने परीक्षा १६ गते सम्मका लागि सारिएको विद्यलायका प्रधानाध्यापक गोपाल जोशीले बताउनुभयो । स्थानीय अभिभावकले दानेश्वर नागार्जुन मन्दिरका नामबाट स्थापना भएको विद्यलायमा महिनावारी भएका छात्राहरु आउने गरेकोले क्षमापूजागर्न आग्रह गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
देउताकै कारण छात्राहरु बेहोस भएकाहुन् भन्ने कुनै ग्यारेन्टी नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नु पर्ने प्रधानाध्यापक जोशीले बताउनु भयो । विद्यालयमा चिकित्सको टोली पठाई दिन नगरपालिका सँग आग्रह गरिएको उहाँले बताउनुभयो ।
छात्राहरु बेहोस हुन थालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबार सम्म चिकित्सकको टोली खटाईने बताउनुभयो । डाक्टर जोशीका अनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको बताउनुभयो ।