पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको लाख ७० हजार ६८ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा तीन हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा सङ्क्रमपुणको ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल एक हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हाल ६५ जना क्वारेन्टिनमा छन् ।
पछिल्ला २४ घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा दुई हजार ६५ जनाको मृत्यु भएको छ ।