काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका तराई भेगमा आज पनि बाक्लो हुस्सु लागेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसोको मौसम सफा रहे पनि राति प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
भने राति प्रदेश– १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।