नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा दाहाल–नेपाल समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा आज सप्तरीमा मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले आज बिहान दाहाल–नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको हो ।