काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा २ लाख १४ हजार ५ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।
विगत २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । आज देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैवीच कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा १५ सय ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।