काठमाडौं । विरामी बोकेर आएको एम्बुलेन्स विराटनगरमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ ।
मण्डल बिरामी भएपछि परिवारले उपचारका लागि लिएर आएका हुन् । आज बिहान १ बजे दुर्घटनामा नोबेल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । एम्बुलेन्स चालक हरि यादव फरार रहेका छन् । बिग्रेर रोकिएको ट्रलीका चालक तथा अन्य व्यक्तिको समेत खोजि भइरहेको प्रहरीले जनाएको छ ।