कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमामोबाइलभ्यान सञ्चालन गरी स्वाब सङ्कलन सुरु गरेको छ।जाडो बढेसँगै काठमाडौंमा कोरोनाको जोखिमथप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन सुरु गरेको हो ।
हिजोदेखि नागरिकको सेवामा खटिएको उक्तभ्यान नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठानले पोजिटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाकाप्रमुखविद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको सुरु अवधिदेखि नै कोभिड(१९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउनलागिरहेको बताउँदै थपप्रभावकारी बनाउनकालागि नाष्टको प्राविधिक सहयोगमानिर्माण भएको मोबाइलभ्यानमार्फत स्वाब सङ्कलनको काम सुरुआतगरिएको जानकारी दिनुभयो ।
लक्षितवर्गलाई उपचारबाट वञ्चितनगराउने अभियानलाई साथदिएर सकेसम्मअसहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकतादिन र सक्नेले आफैँ परीक्षण गर्न पनिकामपाले अनुरोध गरेको छ। सहरी स्वास्थ्यतथाखाद्यपदार्थ नियमनविभागकाप्रमुख हरिबहादुर कुँवरका अनुसार हिजो वडा नं १३ मा स्वाब सङ्कलनगरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ।