काठमाडौं । महोत्तरीको बर्दिबास–१४ स्थित शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका गुलाव शाह खातुनको शव फेला परेको छ । उनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन् । हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा हिजो मध्यरातमा शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताउनुभएको छ ।
हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।