काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोलका बासिन्दा पुनः आन्दोलित भएका छन् । उनीहरू १८ बुँदे माग राख्दै आन्दोलित भएका हुन् ।
उनीहरूले यही मंसिर २० सम्म माग पूरा नभए फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । आधुनिक र वैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बिमा गरिनुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरु गर्नु पर्नेलगायत उनीहरूका माग छन ।
जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिका आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनास्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग रहेको ककनी गाउँपालिका सिसडोलका वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिनुभयो । २०६२ सालदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।