काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय बिभुति शङ्खधर शाख्वा दिवस मनाउन नगरपालिकामा बिदा दिइएको प्रशासकीय अधिकृत धनकृष्ण श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । आजै नगरपालिकाको वडा नं. ४ मा निर्माण भएको शङ्खधर सामुदायिक भवनको उद्घाटन काठमाण्डौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यले गर्ने कार्यक्रम समेत रहेको छ । नगरपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा आज सार्वजनिक बिदा हुने नगरपालिकाले ुिचना जारी गर्दै जनाएको छ ।