चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादसैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गर्नुभएको हो ।
जारी निषेधाज्ञा अनुसार दसैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजा बाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ ।
चाडपर्व मनाउँदा आफ्नै परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ ।
अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।