काठमाडौं । सरकारले विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ । तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । गृहमन्त्रलायले हाल १३ जिल्लाले पूर्ण रुपमा निषेधाज्ञा जारी गरको जनाएको छ ।
पूर्ण रुपमा निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत रहेका छन् ।
त्यस्तै आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ । आजदेखि उपत्यकामा सुरु भएको निषेधाज्ञामा निर्माणसम्बन्धी काम भने नरोकिने भएको छ ।
हजारौँ मजदुर समस्यामा पर्न सक्ने भएकाले काम नरोक्ने निर्णय गरिएको गृह मन्त्रलायले जनाएको छ । त्यसमा स्वास्थ्य मापदण्ड लागू गरेर काम सञ्चालन गर्न दिने निर्णय भएको छ ।