भारत सरकारले अनुदानमा दिएको कोरोना खोप आज नेपाल आइपुगेको छ । भारतले १० लाख डोज कोरोना खोप आज बिहान काठमाडौं ल्याइपु¥याइएको हो । मुम्बईबाट काठमाडौं सीधा उडान नभएकाले दिल्ली हुँदै ल्याइएको खोप प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेका सँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आएको खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।