नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद सानु सिवा पहाडीको निधन भएको छ । मिर्गौला र मुटु रोगबाट पीडित रहेकी पहाडीको उपचारका क्रममा निधन भएको हो ।
ताप्लेजुङमा जन्मिएकी उहाँको आज बिहान निधन भएको हो । उहाँ २०३६–०३७ सालदेखि नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानकी सक्रिय योद्धा, समाज रुपान्तरणको लागि नेपाली दलित आन्दोलनकी अग्रज, जनवादी लेखक हुनुहुन्छ । उहाँले धेरै जनवादी गीहरुमा स्वर दिनुभएको छ ।
यसैवीच,प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिनिधि सभा सदस्य संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।