काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सम्मानजनक बिदाइ गर्न आफू तयार रहेको बताएका हुन् ।
बस्नेतले एमाले फुटाउन नेता नेपाललाई चुनौती दिए। नयाँ वानेश्वरमा भएको कार्यक्रममा उनले नेपालले समानान्तर गतिविधि जारी राखे युवासंघले पुत्ला जलाउन नरोक्ने बताए । नेपालले समानान्तर गतिविधि गरेर महाअपराध गरेको उनले आरोप लगाएका छन् ।
ओलीको पुत्ला जलाउन नेपालले अभियान चलाएको बस्नेतको आरोप थियो ।
आफ्नो एक/दुई पुत्ला जल्दैमा कोटेश्वरमा सुरक्षा बढाएको भन्दै उनले नेपालको आलोचना गरे ।