काठमाडौं । परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनुभएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि प्रतिनिधि सहभागी नभए पछि मन्त्री ज्ञवालीले माओवादी नभए पनि देश चल्ने टिप्पणी गर्नुभएको हो ।
नेपाली कांग्रेस, जसपा, नेमकिपा तथा राप्रपाका नेताहरु सर्वदलीय वैठकमा सहभागी भए पनि माओवादी भने सहभागी भएन । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी हुनुभएको थिएन ।