काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीमा जति लामो समय सम्म सरकारमा बस्न सकिन्छ त्यति नै सफल प्रधानमन्त्री बन्न पाउछु भन्ने भ्रम रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले गम्भीर अनैतिकता देखाएको पनि आरोप लगाउनुभएको छ ।
अदालतले ओलीले चालेका कदमलाई पटक पटक असंबैधानिक ठहर गर्दा पनि ओलीले राजीनामा दिनुको साटो अझै सपना देखेर बस्नु लज्जास्पद भएको दावी गर्नुभयो ।
क्यापिटल टिभीको कार्यक्रम सिधा कुरामा पत्रकार कुलचन्द्र विष्टसँगको कुराकानीमा,“ओलीले आफ्नो कुर्सी जोगाउने प्रयास गर्दैहुनुहुन्छ,”उहाँले भन्नुभयो ,“तर कदापि त्यो संभव नै छैन । लोकतान्त्रिक समाजमा यस खालका गतिविधि पनि स्वीकार्य हुन सक्दैन ।”
पूरा भिडियो हेर्नुहोस्.....