काठमाडौँ । नेपाली काङ्ग्रेसका युवा नेता रामहरी खतिवडाले प्रचण्ड-माधव कहिले यता कहिले उता गर्न खोज्नु गलत भएको दावी गर्नुभएको छ । उहाँले केहि नसोचेर प्रधानमन्त्री ओलीको शरणमा जान पनि सुझाव दिनुभयो ।
मुलुकमा भैरहेका गतिविधिलाई काङ्ग्रेसले नजिकबाट नियालेर हेरिरहेको उहाँले बताउनुभयो । काङ्ग्रेसलाई तत्कालै सरकारमा जान कुनै पनि हतारो नभएको उहाँले स्पष्ट पार्नुभयो ।
क्यापिटल टिभीको कार्यक्रम सिधा कुरामा वरिष्ठ पत्रकार कृष्ण तिमल्सिनासँगको कुराकानीमा प्रचण्ड नेपाल माथी कटाक्ष प्रहार गर्दै ,“प्रधानमन्त्री ओलीलाई नेता मानेर खुरुक्क ढोगभेट गर्नु त्यसमै भलाई छ,”उहाँले भन्नुभयो,“पार्टी भित्र कलह सृजन गर्नु भन्दा मिलेरै अघि बढ्नुहोस्”
पूरा भिडियो हेर्नुहोस्...