प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र माधव नेपालबीचको ५ महिना पछिको संवादहिनता तोडिए पनि त्यसको प्रतिफल खासै चाख लाग्दो नभएको बताउनुभएको छ ।
५ महिना पछिको संवादहिनता तोडिए पनि कुनै निष्कर्ष नभएको उहाँले बताउनुभयो । व्याङ्गात्मक तरिकाले“केहि साथीहरुलाई तातो पिडालु जस्तो निल्न पनि नसक्ने , ओकल्न पनि नसक्ने भएको जस्तो भएको छ ।,”उहाँले भन्नुभयो,“पेरिसडाँडामा फेरि माधाब पक्ष र प्रचण्डको गुटगत भेलाले प्रधानमन्त्री विरुद्ध नियोजित गतिविधि गरियो ।”
क्यापिटल टिभीको कार्यक्रम कमन टकमा कुराकानी गर्दै थापाले प्रधानमन्त्री ओली सकारात्मक तवरले पार्टीलाई अगाडि बढाउने योजनामा रहँदा पनि प्रचण्ड नेपाल पक्षमा अझै गलत नियति भएको उहाँले बताउनुभएको छ ।
पर्टीका अध्यक्षको सल्लाह बमोजिम आफ्नो इच्छा अनुसार पार्टी चलाउने माग राख्नु गलत भएको पनि उहाँले दावी गर्नुभयो । “प्रचण्ड जीले योजनाबद्ध तरिकाले प्रधानमन्त्री विरुद्ध पटक पटक आखा गाड्नु भएको छ ।,”उहाँले भन्नुभयो,“केपी ओली बाहेक अरु सबैलाई पछुवा बनाउन सकिन्छ भन्ने प्रचण्डको सोच छ ।”
मुलुकमा भइरहेका विकास निर्माणका कार्यमा,समृद्ध नेपाल सुखी नेपालीको अभियानमा केपी ओलीको विकल्पमा अरु कोही नभएको उहाँले बताउनुभयो ।
पुरा भिडियो हेर्नुहोस्......