नेकपा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले उपत्यका स्तरीय भेला बोलाएको छ । भेला शुक्रबार ११ बजेका लागि बोलाइएको हो ।
उक्त भेला काठमाडौँको बल्खु स्थित एक पार्टी प्यालेसमा हुनेछ । नेता गौतमले एकता अनिवार्य भएको भन्दै यसका लागि हरेक जिल्लामा यसप्रकारका भेला, कार्यक्रम, प्रचारप्रसार लगायतका काम गरेर एकताको आवश्यकता बुझाउदै एकताका लागि दवाव सिर्जना गरिनुपर्ने पनि बताउनुभएको छ ।
पार्टी विभाजनले देश जनता दल कसैलाई फाइदा नपुग्ने बताउँदै उहाँले अब आपसमा दुर्वचन बोलेर थप दुरी बढाउने काम नगर्न दुबै पक्षका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।