काठमाडौँ : नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । २३ फागुनमा सुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा बसरी प्रस्तुत हुनेबारे धारणा बनाउने कांग्रेसले शुक्रबार दिउसो एक बजे दलको बैठक बोलाएको हो ।
कांग्रेस प्रतिनिधि सभाका मुख्य सचेतक बालकृष्ण खाणले फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाइएको जानकारी दिए। बैठकमा प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुनेबारे छलफल गरी संस्थागत धारणा तय गरिने खाणले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद् विघटन गर्ने निर्णय ११ फागुन सर्वोच्च अदालतले बदर गरिदिएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनमा प्रतिनिधि सभाको अधिवेशन आब्हान गरेकी छन् ।