अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले हिजो काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रूपमा मध्यावधि चुनावलाई चित्रण नगर्न आग्रह गर्नुभएको हो ।
चुनावका लागि खर्च हुँदा स्वाभाविक रूपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उहाँले बताउनुभयो । चुनाव प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाइ सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।
संविधानको प्रभावकारी कार्यान्वयन मार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ देशलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । चुनावले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाइ गलत भएको पनि उहाँले बताउनुभयो । पाँच वर्षमा हुनुपर्ने चुनाव छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुने उहाँले बताउनुभयो ।