नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूह निकट राष्ट्रिय युवा संघले संसद् विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो ।
संसद् विघटन गर्ने काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भएको सन्देशसहित बेलुन उडाइएको नेता राजुविक्रम राईले बताउनुभयो । संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।