नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–माधव समूहले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको छ । दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा भएको छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना हुन्छ या हुँदैन भन्ने बहसमा जान नचाहेको बताउनुभयो ।
उहाँले आफूहरु चुनावविरोधी नभएको र हुन नसक्ने बताउनुभयो । अहिले निर्वाचनमा गएर भाँचिएको संविधान ट्रयाकमा नआउने अध्यक्ष प्रचण्डको भनाइ छ । छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् ।
नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरिएको जानकारी दिएका छन् ।