नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाह र निरकुश प्रवृत्ति नहटेकाले उहाँलाई आजै अन्तिम स्पस्टीकरण सोध्ने बताउनुभएको छ ।
आज अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली कम्युनिस्ट पार्टीको सदस्य नै हुन लायक नभएको पनि बताउनुभयो ।
संसद विघटन गर्ने ओलीको कदमविरुद्ध एकजुट हुनुको विकल्प नभएको भन्दै अध्यक्ष नेपालले प्रतिगामी कदमको हार निश्चित रहेको दावी समेत गर्नुभयो ।।।।