नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल ’प्रचण्ड’–माधवकुमार नेपाल पक्षकी नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा कमरेडबाट तानाशाह बनेको टिप्पणी गर्नुभएको छ ।
ओलीले प्रतिनिधि सभा विघटन गरेर तानाशाही बनेको आरोप लगाएकी शाक्यले प्रधानमन्त्री ओलीले घुँडा टेक्नैपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओली तानाशाही र स्वच्छाचारी भएकाले उहाँलाई कमरेड भन्नुको औचित्य सकिएको उहाँको भनाइ छ ।
काठमाडौ जिल्ला कमिटीले गरेको विरोध सभामा ओलीमा कम्युनिस्ट आचरण एक रत्ति पनि नभएको शाक्यको आरोप छ ।
प्रधानमन्त्री ओलीको कदमले कम्युनिस्ट आन्दोलनलाई केहि धक्का लागेको उहाँले बताउनुभयो । ओली सत्ताबाट झर्न धेरै समय नभएको उहाँको ठहर छ ।