काठमाडौँ । सत्तारुढ पाटी नेकपा भित्रको आन्तरिक बिबाद झनै उतकर्षमा पुगेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै यथावतनै रहेको छ ।
प्रधानमन्त्री ओलीले दाहालका आरोपको मौखिक खण्डन गर्दै आउँदो सचिवालय बैठकमा लिखित जवाफ पेस गर्ने तयारी गर्नुभएको छ । अब सचिवालय बैठक मंसिर १३ को लागी बोलाइएको छ । बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् भन्नेमा नेकपाका नेता र कार्यकर्ताको ध्यान मोडिएको छ । त्यही बिन्दु नेकपा सग्लो रहने कि विभाजनतर्फ जाने भन्नेमा निर्णायक हुने देखिएको छ ।विगतमा भन्दा यसपटक आन्तरिक विवादको प्रकृति फरकरहेको नेताहरुको धारणा छ । यसपटक विगतमा जस्तो नेताहरू सहजै नमिल्ने अनुमान उनिहरुको छ ।
यसअघिका अन्तरसंघर्षमा ओली–दाहालबीच मौखिक आरोप–प्रत्यारोप हुँदै आएको थियो तर यसपटक लिखित दस्ताबेजका रूपमा आरोप आएको छ । दुवै पक्ष कुनै हालतमा पछाडि नहट्ने भन्दै ‘पोजिसन’ बनाएर बसेका छन् । ओली र दाहालबीच मंसिर २ को सचिवालय बैठकपछि औपचारिक संवाद समेत टुटेको छ । दुवै आ–आफ्नो निवासमा नेताहरू बोलाएर पोजिसन स्पष्ट गरिरहेको स्रोतले जनाएको छ ।