काठमाडौँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइएको छ । गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सबै स्थानीय तहका कार्यमाझ पुग्ने गरी सात वटै प्रदेशमा पठाइएको हो ।
पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तल्लो तहसम्म आफ्नो गुटलाई सक्रिय बनाएपछि अध्यक्ष प्रचण्डले पनि यसमा चासो देखाएका हुन् ।अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समर्थनमा १९ पृष्ठ लामो प्रतिवेदन कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरिएको थियो ।
मंसिर ३ गते बसेको सचिवालय बैठकमा उक्त प्रस्तावमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोपको जवाफसहित १३ गतेको बैठकमा जवाफ दिनु हुने भएको छ ।