काठमाडौँ । नेकपाका दुई अध्यक्षबीच दूरी बढिरहेका बेला दुई दिनअघि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए ।
यसैबीच आज (सोमवार) प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नुभएको छ । भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बताएको छ ।
सचिवालय सदस्यहरूले अध्यक्ष ओलीसँग १५ दिनभित्र विधानअनुसार बैठक बोलाउन माग गरेका थिए । प्रचण्डले भने आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्र पठाएको बताएका छन् ।सचिवालय सदस्यहरूले अध्यक्ष ओलीसँग १५ दिनभित्र विधानअनुसार बैठक बोलाउन माग गरेका थिए । प्रचण्डले भने आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्र पठाएको बताएका छन् ।