काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सहित अन्य ५ शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीसंग सचिवालयको बैठक माग गर्दै दिएको ४८ घण्टे अनौपचारिक अल्टिमेटम आज सकिदै छ । अनौपचारिक अल्टिमेटमको समय अबधि सकिन लाग्दा कार्यकारी अध्यक्ष प्रचण्ड–नेपाल र अर्का अध्यक्ष केपी शर्मा आली समुह कसरी अघि वढ्लान भन्ने चासो छ ।
बैठक बोलाउन अल्टिमेटम दिएको भनिएता पनि बालुवाटारले सचिवालय बैठक वोलाउने तयारी गरेको छैन । बैठकको सट्टा अध्यक्ष ओलीले वरिष्ठ नेता माधब नेपाल समुहसंगको भेटघाटलाई प्रथामिकता दिनुभएको छ । हिजो मात्रै अध्यक्ष ओलीले वरिष्ठ नेता माधब नेपाल सहितका नेताहरुसंग भेटगरी सहयोग गर्न आग्रह गर्नुभयो
भेटमा वरिष्ठ नेता नेपाललाई आगामी महाधिवेशनमा पार्टीको नेतृत्वको प्रस्ताव सहित अहिले पार्टी भित्र देखिएको विवाद समाधान गरी पार्टी विभाज रोक्न भूमिका खेल्न आग्रह नै गर्नुभयो । साथै पार्टी भित्रबाटै सरकारको काममा सहयोग नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । तर भेटमा नेपाल सहितका नेताहरुले विधि र प्रक्रिया अनुसार अघि वढ्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएका थिए ।
उता अनौपचारिक अल्टिमेटम दिएको समय सकिन लाग्दा पनि बैठक बोलाउन ओली तयार नभए पाँचै जनाको भएपनि औपचारिक सचिवालय बैठक बसेर आवश्यक निर्णय लिने तयारी प्रचण्ड–माधव समूहको छ । उनीहरुले गत शनिवार बालुवाटारमा भएको छलफलमै यसको आवश्यक संकेत ओलीलाई दिइसकिएको छन् ।
पछिल्ला घटनाक्रमले दुवै पक्ष आ–आफ्नो अडानमा टसकोमस भएका छैनन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई एकपक्षीय बैठक राखेर निर्णय गरे पार्टी फूटको बिन्दू नै त्यही हुने भनेर चेतावनी दिइ सक्नुभएको छ ।
प्रचण्ड नेपाल पक्षले पार्टी कमिटीको निर्णय प्रधानमन्त्री ओलीले नमाने कसरी अघि वढ्न सकिने विकल्पमा कानूनी परामर्श गरेका छन् ।
नेकपा भित्र दुई अध्यक्ष विचको विवाद वढ्दै जादा दोस्रो पुस्ताका नेताहरूले भेटघाट तीव्र बनाएपनि नेकपा भित्रको विवाद समाधानको निकासको विन्दु फेला परेको छैन