काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज गर्ने भनिएको मन्त्रिपरिषद् पुनर्गठन रोक्नुभएको हो ।
स्रोतका अनुसार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मन्त्रिमण्डल पुनर्गठन रोकिएको हो । आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गर्नुभएको थियो ।
तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुट्नुभएको छ ।