प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ । उहाँहरूबीच पार्टी एकतालाई पूर्णता दिने सन्दर्भमा कुराकानी भइरहेको प्रचण्डनिकट जनाएको छ ।
बिहान पौने ११ बजेबाट सुरु भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा पनि छलफल हुने बताएको छ । गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो ।
त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो । तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सक्नुभएको छैन ।
नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।