नेपालको संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकास र समृद्धिका निम्ति आम नागरिकलाई सुसूचित गर्दै निष्पक्ष, निर्भिक, तथ्यपरक र विश्वसनीय समाचार, सूचना तथा सन्देशहरु प्रवाह गर्न हामी प्रतिबद्ध गछौं । नेपालको इतिहासमा विगत १७ बर्षदेखिको विशेषतः रेडियोका माध्यमबाट आम श्रोताका बीचमा आफ्नो छुट्टै परिचय स्थापित गर्न सक्षम क्यापिटल मिडिया ग्रुप अन्तर्गत सञ्चालित क्यापिटल दैनिकले आम पाठक र दर्शकहरुका निम्ति रुची र चासोका बिषयबस्तुहरु पस्कने कोसिस गर्नेछ ।
लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा अनुभव सँगालेर खारिएका पत्रकारहरुको अनुभवलाई युवापुस्ताका सञ्चारकर्मीहको जुझारुपनले फरक–फरक कोणबाट समाचारहरुको तथ्यपरक विश्लेषण गर्ने, सही समाचारलाई उचित समयमा आम पाठकका बीचमा पस्कने अनि आम पाठकहरुबाट प्राप्त हुने सुझाव, सल्लाह र हौसलालाई सदैव आत्मसाथ गर्दै जाने हाम्रो मूल उद्देश्य रहेको छ ।
स्वभाविक रुपमा क्यापिटल दैनिकको आगमन डिजिटल पत्रकारिताको युगमा खासै नौलो आयाम हुँदै होइन । अनि बिषयबस्तु र समसामयिकतामा प्रस्तुतीका दृष्टिकोणले पनि हामी अरु भन्दा भिन्न र फरक छौं भन्ने पनि होइन । तर बिषयबस्तु र सामग्रीलाई आदरणीय पाठकवर्गमा समक्ष पस्कने क्रममा हाम्रो जिम्मेवारी र विश्वसनीयताको पक्षमा भने हामी यथेष्ट सजग रहनेछौं । यो क्रममा कतिपय बेला अपेक्षित रुपमा सामग्रीलाई प्रस्तुत गर्नेक्रममा केही अबेर अवश्य पनि हुन सक्दछ । तर तथ्यपरक समाचारको सही रुपमा पुष्टी नभइ हामी त्यस्ता सामग्रीलाई प्रस्तुत गर्नेछैनौ ।
क्यापिटल दैनिकमा नेपालका मूल धारका सञ्चार माध्यमका प्राथमिकता बिषयहरु छुट्ने कुरै भएन । यद्यपि, हामी आम नागरिकका सरोकारका अन्य विविध बिषयस्तुहरुलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने प्रण गर्दछौं ।
यहाँहरुको असिम शुभकामना, शुभेच्छा र सुझावहरुको अपेक्षा गर्दछौं ।
सुशील राउत
सञ्चालक तथा कार्यकारी अध्यक्ष
क्यापिटल दैनिक